Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णालीको बजेट बहुमतले पारित


कर्णालीको बजेट बहुमतले पारित

२६ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभाको २५ औँ बैठकमा ध्वनी मतका साथ बजेट पारित भएको हो ।
प्रदेश सभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । सत्ता गठबन्धनको २८ र विपक्षी एमाले र राप्रपासग १० सांसद छन् ।

अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए । असार १ गते संसदमा प्रस्तुत भएको बजेटमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।