Friday, July 04, 2025

२०८२ असार २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

श्रम मन्त्रालयबाटै महिन्द्रा स्कोर्पियो हरायो


श्रम मन्त्रालयबाटै महिन्द्रा स्कोर्पियो हरायो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको खबर गोरखापत्रले छापेको छ ।