Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आर्थिक वर्षको अन्तिमदिन सुनको भाउमा गिरावट


आर्थिक वर्षको अन्तिमदिन सुनको भाउमा गिरावट

काठमाडौं,३१ असार । आर्थिक वर्षको अन्तिमदिन आज सुनको भाउमा गिरावट आएको छ । असार ३१ गते, आइतबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । यस दिन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा र तेजाबी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा १०० रुपैयाँले सस्तिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा झरेको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँ कायम रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन पनि चाँदी यसै मूल्यमा खरिदबिक्री भएको थियो । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेको थियो ।