Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु


नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु

काठमाडौँ । सोमबारदेखि निर्माण ठप्प रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु हुने भएको छ । आयोजना र अवरोध गर्ने स्थानीयबीच मंगलबार सडक विभागमा भएको वार्तापछि निर्माणको काम अघि बढाउने सहमति भएको हो । धादिङको सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसन नजिकै रहेका केही घर चर्किएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग राखेर काम रोकेका थिए । नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर सन्जय पन्थीका अनुसार रोड साइड सर्भिस स्टेसन छेत्रमा रहेका सरचनाहरुको संरक्षण गर्ने गरी सहमति भएको छ ।