Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुलुकको अर्थतन्त्रलाई उकास्न चेम्बर र परिसंघबीच सहकार्य


मुलुकको अर्थतन्त्रलाई उकास्न चेम्बर र परिसंघबीच सहकार्य

काठमाडौं, २१ असार । मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने उद्देश्यको लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य भएको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाबीच सहकार्य भएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकको अर्थतन्त्रलाई उकास्न र निजी क्षेत्रको मागलाई सम्बोधनका लागि पनि सहकार्य गर्न जरुरी छ ।

उनले भने उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको परिस्थितिमा समग्र निजी क्षेत्रको मनोबल खस्किएको भन्दै उनले मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्न, ब्याजदर नियन्त्रणका लागि सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझाव समेत पेश गर्दैछन् ।

ब्याजदर नियन्त्रण गरेर वित्तीय क्षेत्रको सुधारका लागि आगामी वर्ष निरन्तर सहकार्य गर्ने विषयमा पनि चेम्बर र परिसंघबीच समझदारी बनेको छ ।परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उद्यारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्बन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको छ ।