काठमाडौं । सुनको मूल्य तोलामै २ हजार ४ सय रुपियाँले वृद्धि भएको छ ।
सोमबार स्थिर रहेको सुनको मूल्य आज आएर २ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबारदेखी चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।