काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग उच्च रहेको छ । स्वदेशी वस्तुको कुल निर्यात घटिरहेका बेला अलैँचीको निर्यात ६९ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको साउनदेखी जेठसम्म ६९ प्रतिशतले बढेर सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको ९३ लाख ८६ हजार ५६९ केजी अलैँची निर्यात भएको छ ।
अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । यो औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने कम हुँदै गएको छ ।
नेपालका ४२ भन्दा बढी जिल्लामा अलैँची खेती हुने गर्छ । इलाम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, खोटाङ जिल्लामा धेरै अलैँची खेती हुने गरेको छ । अलैँची अहिले नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तु बनेको छ । जसलाई कालो सुनको उपनामले समेत चिनिन्छ ।