काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई हप्ताभित्र उद्योगधन्दामा भइरहेको लोडसेडिङको समस्या समेत समाधान गर्ने दावी गरेका छन् । मंगलबार प्राधिकरणको कार्यभार सम्हाल्दै शाक्यले भारतबाट बिजुली ल्याएर भए पनि लोडसेडिङ हुन नदिने बताएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेका हुन् । उनले २०७७ को सुक्खायाममा समेत लोडसेडिङ हुने हल्लाका बाबजुद ०७५ र ०७६ को भन्दा गुणस्तरिय बिजुली वितरण भएको तथ्यांक समेत प्रस्तुत गरेको स्मरण गरे । अहिलेको जेनजी पुस्ताले लोडसेडिङभन्दा गुणस्तरीय बिजुली भन्न सिक्नुपर्र्ने बताए ।
डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौता विवादमा समेत शाक्यले अर्धन्यायिक निकायबाट सिफारिसहरु आइसकेकाले प्राविधिक समाधान निकाल्ने बताए । ुअर्धन्यायिक निकायबाट सिफारिसहरु आइसकेको छ, त्यो प्रक्रियागत कुरामा प्राविधिक तवरबाट समाधान निकाल्छौं,उनले भने, प्राविधिक रुपमा समाधान गर्न निष्पक्षता चाहिएको छ । त्यो म दिन सक्छु जस्तो लाग्छ । राजनीतिक रुपमा भन्दा प्राविधिक रुपमा समाधान निकाल्छु ।