Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बरामद सुन एयरपोर्ट बाहिरबाट पगालिँदै


बरामद सुन एयरपोर्ट बाहिरबाट पगालिँदै

काठमाडौं, श्रावण २९ । राजस्वाले बरामद गरेको सुन पगालेर जोख्ने भएको छ । राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा जोख्ने प्रक्रिया आजबाट सुरु गर्न लागेको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु हुने बताएका छन् ।

आचार्यले भने,आजबाट सुन जोख्न सुरु हुन्छ । सुरुमा आज हामीले एउटा ब्रेक शु खोलेर हामीले डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम सुरु हुने छ । अब करिब १ घण्टापछि हामीले एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाउने छौँ ।

त्यसपछि सुन जोख्ने काम हुने छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ ।राजस्वले बरामद गरेको ब्रेकशु सहितको सुनको तौल १५५ रहेको छ ।