Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बारबरा फाउन्डेसनद्वारा २५ लाख राशीको ‘खोजमूलक पत्रकारिता पुरस्कार’ घोषणा


बारबरा फाउन्डेसनद्वारा २५ लाख राशीको ‘खोजमूलक पत्रकारिता पुरस्कार’ घोषणा

२८ असार, काठमाडौं । बारबरा फाउन्डेसनले २५ लाख राशिको ‘खोजमूलक पत्रकारिता पुरस्कार’ दिने घोषणा गरेको छ । फाउन्डेसनले प्रेस विज्ञप्ती जारी गर्दै २०८१ सालका लागि प्रस्ताव आह्वान गरेको छ ।

पत्रकारिता जगतले सिंगो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम कानुनको थिति बसाल्न पु¥याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनका महासचिव मोहना अन्सारीले जनाएकी छिन् ।

’हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशि २५ लाख रुपैयाँको रहने र यसमा १५ लाख, ७ लाख र ३ लाख रुपैयाँ राशिका पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारमा जोडिएको मुद्दा नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोध/खोजलाई प्रश्रय दिएको हुनुपर्नेछ,’ महासचिव अन्सारीद्वारा जारी विज्ञप्तिमा छ ।

यसपटक वैशाख २०७९ देखि चैत २०८० (२४ महिना) मा सम्म प्रकाशन/प्रशारणमा आइसकेका अनुसन्धानपरक समाचार/सामग्रीले प्रतिस्पर्धामा स्थान पाउनेछन् । वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे २०२४ मे ३) मा यो पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

प्रतिस्पर्धा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्नेछ । यस्ता सामग्रीबारेको आवेदन जो–जसले दिए पनि प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक) स्वीकार्य हुने विज्ञप्तिमा छ । आवेदकको परिचय स्पष्ट रुपमा खुल्नुपर्ने र यो आवेदन २०८० चैत मसान्तभित्रमा आइसक्नुपर्नेछ फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले यो पुरस्कारका अतिरिक्त आगामी भदौ महिनामा जनही २ लाख ५० हजार राशिका पत्रकारिता फेलोसिप चार विषयमा प्रदान गर्ने घोषणा समेत गरेको छ ।

पत्रकार तथा सामाजिक अभियन्ता बारबरा एडम्सको पहलमा २०६७ सालमा स्थापना भएको फाउन्डेसनले विभिन्न सामाजिक, शैक्षिक र स्वास्थ्य मामलाका मुद्दामा अन्तसम्वाद तथा कल्याणकारी अभियानहरू सञ्चालन गर्दै आएको छ ।