Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जनतासँग माओवादी, तराई—मधेश जागरण अभियान स्थगित


जनतासँग माओवादी, तराई—मधेश जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई—मधेश जागरण अभियान’ स्थगित भएको छ । राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली अहिले रौतहटमा छ । अभियान स्थगित गरेर प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदैछन् ।

अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बस्ने उनले बताए । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइन्छ । माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो ।