Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी


वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले अस्ति बेलुकीदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गएराति १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिए ।

वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा कर्फ्यू आदेश हटाउने निर्णय भएको उनले जानकारी दिए ।

तर परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ । वीरगञ्ज महानगर क्षेत्रमा अस्ति शनिवार दुई समूहबीच झडप भएपछि कर्फ्यू लगाइएको थियो ।