काठमाडौं । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका आज बिहानदेखी खोलेको छ।
बाँधको ढोका खोलेपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएको थियो ।
भारत, उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन आग्रह गरिएको छ ।