Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अफगानिस्तानी महिलाको स्वतन्त्रताप्रति तालिवान सरकार झन् कठोर


अफगानिस्तानी महिलाको स्वतन्त्रताप्रति तालिवान सरकार झन् कठोर

एजेन्सी । अफगानिस्तानी महिलाको स्वतन्त्रताप्रति तालिवान सरकार झन् कठोर बनेको छ । तालिवानी सरकारले व्युटीपार्लर सञ्चालनमा प्रतिबन्ध लगाएसंगै करिव ६० हजार महिलाले रोजगारी गुमाएका छन् ।

छात्राहरुलाई कक्षाकोठामा छात्रहरुसंग बस्न समेत प्रतिबन्ध लगाएको तालिवानी सरकारले जिम तथा पार्कमा महिलाहरुलाई जान समेत रोक लगाएको थियो । पछिल्लो समय व्युटीपार्लर सञ्चालनमा समेत सरकारले रोक लगाएको छ ।

अफ्गानिस्तानको सत्ता २ वर्ष अघि कब्जामा लिएको तालिवानले शुरुवाती चरणमा भने व्युटीपार्लर सञ्चालनमा अनुमति दिएको थियो । तालिवानले आफ्नै निर्णय उल्ट्याएको बीबीसीले उल्लेख गरेको छ ।
अफगानिस्तानको आर्थिक अवस्था खस्किरहेका बेला सरकारको पछिल्लो नीतिले रोजगारीमा गम्भिर समस्या निम्त्याउने बीबीसीले उल्लेख गरेको छ ।