Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटी होटलको सेयर कारोबार आइतबार देखि सुरू


सिटी होटलको सेयर कारोबार आइतबार देखि सुरू

काठमाडौं । सिटी होटलको सेयर कारोबार आइतबार देखि सुरू भएको छ । स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुने छ। कम्पनीको सिआइटिवाई तसंकेतमा सेयर कारोबार खुला भएको छ। 

बिहीबार कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरी कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो। सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो। कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। यस अवधिसम्म कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १२२ रुपैयाँ २० पैसा पुगेको छ।