Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इसेवा मनी ट्रान्सफरद्धारा विजेताला घर हस्तान्तरण


इसेवा मनी ट्रान्सफरद्धारा विजेताला घर हस्तान्तरण

काठमाडौं । इसेवा मनी ट्रान्सफरले घर हस्तान्तरण गरेको छ । इसेवाले जेठमा १२ डिजिटल गोलाप्रथामार्फत उक्त अभियानको विजेता घोषणा गरेको थियो । जसमा विगत आठ वर्षदेखि युएईमा कार्यरत पूर्णबहादुर भाग्यशाली विजेता बनेका थिए । विजेतालाई घर हस्तान्तरण गर्दै इसेवाका निर्देशक डेनियल डी श्रेष्ठले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन लागिरहेको एफवान सफ्ट गुर्पअन्तग यस कम्पनीले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताएका छन्।

इसेवाले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्देश्यले मेरो डिजिटल देश अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले मेरो डिजिटल देश अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले मेरो डिजिटल देश अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने अपेक्षा लिएको बताएका छन्  । विजेता श्रेष्ठले आठ वर्ष युएईमा श्रम गरिरहेका व्यक्तिले घर जित्न पाएपछि खुसी भएको बताएका छन् ।