Friday, July 04, 2025

२०८२ असार २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मलेसियन लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह


मलेसियन लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेको मलेसिया—नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ ।

नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी अघि बढ्नुहोस् ।सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’ अर्थमन्त्री पौडेलले भने ।

प्रतिनिधि मण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधि मण्डलमा मलेसिया(नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए ।