Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

त्रिशूलीमा खस्दा १९ यात्रु घाइते [नामावली सहित]


त्रिशूलीमा खस्दा १९ यात्रु घाइते [नामावली सहित]

काठमाडौं,२९ असार । नारायणगढ—मुग्लिङ सडकको दास ढुङ्गा नजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँ तर्फ गई रहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब .१० मिटर तल खसी रुखमा अड्कन पुगेको थियो ।

शुक्रवार बिहान करिब ५ः२० बजे समयमा भएको उक्त घटनामा परी घाइते हुने अधिकांशको उद्धार गरी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा सवार चालक सहित ३२ जना मध्ये १९ जना घाइते भई उपचारको लागि भरतपुर का विभिन्न अस्पतालहरूमा ल्याएको छ ।

मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका घाइतेहरु भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा, जि.मोरङ हरैचा न.पा.३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा, हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामिछाने, सुनसरी बस्ने वर्ष ४० की सङ्गीता मगर, झापा मेची न.पा.११ बस्ने वर्ष ३२ की सुमिमा राई, भक्तपुर म.न.पा.१ बस्ने वर्ष ३० को मिलन तामाङ, ललितपुर गोदावरी न.पा.७ बस्ने वर्ष २७ को सुमन लामा, भोजपुर अरुण गा.पा.१ बस्ने वर्ष २९ को नन्द बहादुर पाण्डे, वर्ष १९ को लीला बहादुर पाण्डे घाइते भएका छन् ।

त्यस्तै, सहचालक सर्लाही लामबन्दी न.पा.१० बस्ने वर्ष ३६ को विक्रम मगर, सहयोगी धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सुनसरी रक्तमाला न.पा.५ बस्ने वर्ष २९ की मनिका राई, मोरङ हरैचा न.पा.५ बस्ने वर्ष २५ की कल्पना राई, साही ठाउँकी २५ की सपना राई, धनकुटा सहिदभुमी गा.पा.४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई, ४ बर्षीया छोरी दिव्या राई, चालक मकवानपुर हेटौँडा उ.म.न.पा.२ बस्ने वर्ष ३७ को बादल, धादिङ रुबीभ्याली गा.पा.४ बस्ने वर्ष ३२ को दीपक तामाङ सामान्य घाइते भएका छन् ।