Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लम्पी स्किन रोग नियन्त्रण गर्न बजेट पठाउँदै


लम्पी स्किन रोग नियन्त्रण गर्न बजेट पठाउँदै

काठमाडौं । प्रधानमन्त्री दाहालले लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले आवश्यक बजेटको प्रबन्ध गरी स्थानीय तहमा पठाउने प्रक्रिया अघि बढाइसकेको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अमितलाल राजवंशीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले देशभरि प्राविधिक राखेर लम्पी स्किन नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।

लम्पी स्किन रोग नेपालमा पहिलो पटक व्यापक रूपमा फैलिएको अवस्था रहेको छ । रोग लाग्न नदिन र लागेका पशुहरूलाई उपचारका लागि सरकारले प्राविधिकहरू परिचालन गरेको छ । सातै प्रदेशमा उनले लम्पी स्किन रोग नियन्त्रणका लागि क्वारेन्टाइन व्यवस्थापन, जनशक्ति व्यवस्थापन र उपचार व्यवस्थालाई थप सुदृढ गरेर लैजाने बताएका छन् । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाई भैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाई भैंसीको मृत्यु भईसकेको यो संख्या अझै बढ्न सक्ने विभागको आसंका छ ।