काठमाडौं । एनआइसी एसिया बैंकले अब आफ्ना ग्राहकको नाममा विदेशबाट आएको रेमिटेन्स रकम मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवाको प्रदान गरेको छ। यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम यसै बैंकमा रहेको निजको खातामा डिपोजिट गर्न सक्नेछन्।
डिजिटल कारोबारमा आमग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा सुरु गरेको बैंकले बताएको छ। रेमिटेन्स रकम बुझ्नको लागि एनआइसी एसिया मो बैंक भित्रको रेमिटेन्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफूलाई प्राप्त रकम र युनिक पिन राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने बैंकले बताएको छ।
यस सेवापश्चात् ग्राहकलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंकमा उपस्थित भइ फारम भरेर नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ।