Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीनले आफ्नो रक्षा बजेटमा वृद्धि गर्यो


चीनले आफ्नो रक्षा बजेटमा वृद्धि गर्यो

एजेन्सी । चीनले आफ्नो रक्षा बजेटमा भएको वृद्धिलाई उचित भएको बताएको छ । चिनियाँ सेनाका प्रवक्ता वु कियानले ७ प्रतिशतभन्दा बढीको रक्षा बजेटमा भएको वृद्धिलाई समर्थन गरेका छन् ।

चीनले केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको छ र अर्थतन्त्रको विस्तारबाट प्राप्त रकम यसका लागि प्रयोग गरिरहेको बीबीसीले जनाएको छ । यसै हप्ता चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक बैठकमा यस वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत वा लगभग २ सय ४५ अर्ब डलर हुने घोषणा गरिएको थियो ।

यो अमेरिकाको सैन्य खर्चको एक तिहाइ हो र अमेरिका पछि, रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा छ । चीनमा धेरै खर्चहरू छुट्टै बजेटमा समावेश भएकाले विज्ञहरूले चीनको कुल रक्षा बजेट ४० प्रतिशत वा योभन्दा धेरै हुन सक्ने बताउँदै आएका छन् । बढ्दो रक्षा बजेटको समर्थनमा चीनका अधिकारीहरुले धारणा व्यक्त गरिरहेका छन् ।