Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्रीको सहजताकालागि मन्त्रालय छोडे, निवर्तमान मन्त्री अमनलाल मोदी


प्रधानमन्त्रीको सहजताकालागि मन्त्रालय छोडे, निवर्तमान मन्त्री अमनलाल मोदी

काठमाडौं ।  निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सरकारलाई अप्ठेरो पर्ने अबस्था आएपछि आफुले मन्त्रालय छोडेको बताएका छन् । प्रधानमन्त्रीले राम्रो काम गर्दै गर्दा चौतर्फी घेराबन्दी भइरहेको भन्दै सहज बनाउन आफुले मन्त्रीपद छोडेको बताए । सिंहदरबारमा आयोजित बिदाइ पत्रकार सम्मेलनलाई बोल्दै उनले प्रधानमन्त्रीको सजिलोको लागि आफूले सहज रूपमा त्याग गरेको बताए ।

उनले भने, ‘विविध परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई बलियो बनाउन कहीँ न कहीँ त त्याग गर्नुप¥यो । त्यसैले मैले सहज तरिकाले प्रधानमन्त्रीले सबै पदाधिकारी र मन्त्रीलाई राखेर छलफल गर्नुभयो । कसले त्याग गर्ने, कसले सहज तरिकाले छोड्दिने भनेर ? सबैको प्रस्ताव गर्दा अन्य साथीहरूले पनि बोल्नुभयो बोल्न तर, मैले सहज रूपमा पद प्रतिष्ठा सधैँ रहँदैन भनेर आफै बिदा लिएँ। प्रधानमन्त्रीज्यू हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ ।’ उनले आफूलाई अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए । पद र प्रतिष्ठा सधैँ नमिल्ने भएकाले आफूले अनुभव गर्ने अवसर पाएको बताए। उनले आफ्नो बिदाइ पनि सुखद भएकाले खुसी भएको उनको भनाइ छ । 

मोदीले ४५ बुँदे कार्यप्रगति सार्वजनिक गर्दै विदा लिएका छन् । मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गरे । जसमा संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ ।

यस्तै निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमुना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगत रुपमा कार्यसम्पादन सहजीकरण गरिएकोलगायत छन् ।