Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खानेपानी वितरण प्रणालीको ४० करोड १४ लाख स्वामित्व हस्तान्तरण


खानेपानी वितरण प्रणालीको ४० करोड १४ लाख स्वामित्व हस्तान्तरण

काठमाडौं । खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरेको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीले मेलम्ची खानेपानी उप–आयोजना–२ अन्तर्गतको वितरण सञ्जाल सुधार कार्यका चारवटा प्याकेज अन्तर्गत बिछ्याइएका १ हजार १० कि.मि. पाइपलाइनमध्ये करिब ४० करोड १४ लाख बराबरका ७.७२ कि.मि. जसअनुसार, महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिछ्याइएको २१.५७ कि.मी. तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिछ्याइएको १७.०४ कि.मी. खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ ।

यसैगरी, खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज नं. ३ अन्तर्गत नरेफाँट र जडीबुटीमा बिछ्याइएको २२.६६ कि.मी. र प्याकेज नं. ४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा बिछ्याइएको १०.४५ कि.मी. खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ ।साथै, खानेपानी वितरण प्रणालीको निर्देशिका, नक्सा, जीआईएस नक्सा र परीक्षण प्रमाणपत्रसमेत बोर्डलाई हस्तान्तरण गरिएको छ।

त्यस्तै खानेपानी मन्त्रालयका सचिव राम आधार साहको उपस्थितिमा आयोजना कार्यान्वयन निर्देशनालय काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच प्याकेज नं. १ को डीएमए २.४, प्याकेज नं. २ को डीएमए ३.५ प्याकेज नं. ३ को डीएमए ९१ र प्याकेज नं. ४ को डीएमए–टीयूको स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौता पनि भएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले हस्ताक्षर गरेका हुन् ।