Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

च्याङ्ग्राको भुवाले बजार पाउन थालेपछि पशुपालकहरु खुशी


च्याङ्ग्राको भुवाले बजार पाउन थालेपछि पशुपालकहरु खुशी

काठमाडौं । मुस्ताङमा पालेका च्याङ्ग्राको भुवाले बजार पाउन थालेपछि पशुपालकहरु खुशी भएका छन् । मासुका लागि बिक्री गर्दै आएका च्याङ्ग्राको भुवा समेत बिक्री हुन थालेपछि थप आम्दानी हुन थालेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसान राजु गुरुङले बताए ।

यसअघि बजार नहुँदा पशुपालकले च्याङ्ग्राको भुवा निकाल्ने गरेका थिएनन् । भुवा च्याङ्ग्राको शरिरबाटै झरेर जाने गर्थ्यो । तर नेपाल पश्मिना उद्योग सङ्घले मुस्ताङ र डोल्पाका किसानले उत्पादन गर्ने भुवाको बजार सुनिश्चित गरेको हो ।

वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । च्याङुग्राको भुवा पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । डेढ वर्षअघि मुस्ताङबाट च्याङ्ग्राको भुवाको नमूना सङ्कलन गरेर मङ्गोलियाको प्रयोगशालामा गुणस्तर परीक्षण गरिएको थियो ।

परिक्षण प्रतिवेदन अनुसार मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त मानिएको नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकमा झन्डै पाँच हजार च्याङ्ग्रा छन् ।

किसानबाट पश्मिना उद्योगीले प्रतिकिलो चार हजार पाँच सयका दरले भुवा खरिद गर्छन् । मुस्ताङ र डोल्पाको छार्काका किसानले गएको वर्ष दुई हजार दुई सय किलो भुवा बिक्री गरेका थिए । पश्मिना व्यावसायी आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाण्डौमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।