Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

श्रीलंका सरकारद्धारा ३ सयभन्दा बढी वस्तुको आयात प्रतिबन्ध खुकुलो


श्रीलंका सरकारद्धारा ३ सयभन्दा बढी वस्तुको आयात प्रतिबन्ध खुकुलो

एजेन्सी । श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाइसम्बन्धी र खाद्य सामग्रीलगायत ३ सयभन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको छ । राष्ट्रपति रनिल विक्रमासिंघेद्वारा वित्त, आर्थिक स्थिरीकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रबारदेखि लागू भएको हो ।

श्रीलंका सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । सन् २०२२ मा श्रीलंकाको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११।४ प्रतिशतले कमी आएको सरकारी तथ्यांकले देखाएको छ ।

श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ । श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरूप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए ।