Sunday, June 22, 2025

२०८२ असार ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सरकार माथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत घट्योःओली


सरकार माथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत घट्योःओली

काठमाडौं । प्रतिनिधि सभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार माथि संसदको विश्वास घटेको बताए । सरकार माथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो ।

प्रतिनिधि सभाको बैठकमा एमालेले विनियोजन विधयक माथि मत विभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो । संसदले पहिलो पटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो । बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजन माग गरेका थिए ।

उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका थिए । यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्वीप जारी गरेका थिए ।