Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ


८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।


गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.२० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा व्यापारमा निर्यातको हिस्सा १२.१३ प्रतिशत छ भने आयातको हिस्सा ८७.८७ प्रतिशत रहेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापारमा आयातको हिस्सा ९१.१० प्रतिशत थियो भने निर्यातको हिस्सा ८.९० प्रतिशत थियो ।