Friday, June 27, 2025

२०८२ असार १३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

नेपालले दुई सयभन्दा बढी बिहार म्युजियममा कलाकृति प्रदर्शन गर्ने


नेपालले दुई सयभन्दा बढी बिहार म्युजियममा कलाकृति प्रदर्शन गर्ने

काठमाडौं, श्रावण १४ । आगामी साउन २२ गतेदेखि हुने भारतको बिहारमा बिहार म्युजियम बिनाले २०२३ मा नेपालका ६६ भन्दा बढी कलाकारका २०५ कलाकृतिको प्रदर्शनी गर्ने भएको छ। यो कला प्रदर्शनीको लागि नेपाललाई ४ हजार वर्गफिटको एकल ग्यालेरी उपलब्ध गराइने भएको छ।

बिहार म्युजियममा नेपालले निःशुल्क ग्यालेरी प्राप्त गर्ने भएको हो। त्यहाँ समान लैजान लगायत कामको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र यति एयरलाइन्सले करिब पाँच लाख रूपैयाँ सहयोग समेत गर्ने भएको छ। मुलुकबाहिर हुन लागेको यो प्रदर्शनी हालसम्मकै ठूलो रहेको नेपाल कला परिषदले दाबी गरेको छ। हामीले पहिलो पटक यो स्तरको प्रदर्शनी गर्न पाएका छौं परिषद्का कोषध्यक्ष तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले भने, विगतमा मुलुकबाहिर पटक–पटक प्रदर्शनीको लागि पहल भएका थिए, जसमध्ये यसअघि एकपटक मात्रै यस्तो सम्भावना रह्यो।

सन् २०१९ मार्चमा नेपालले वेल्ट म्युजियम भियनामा प्रदर्शनी गरेको थियो। सो समय २५ कलाकारका करिब एक सय कलाकृति प्रदर्शनीमा राखिएको थियो। बिहार म्युजियममा नेपालको लागि प्राप्त हुने ग्यालेरीमा परिषदले १६ फिटको अष्टमंगल मण्डला समेत बनाउने तयारी गरिरहेको छ। प्रदर्शनीमा चित्रकला, काठ र धातुमा कुदिएका कला सामग्री समेत राखिने भएको छ।

चार महिनासम्म चल्ने प्रदर्शनीमा नेपालले २ महिनाको लागि प्रदर्शन गर्न सक्ने भएको छ। बिहार म्युजियमले गर्न लागेको यो बिहार म्युजियम बिनाले २०२३ दोस्रो संस्करण हो। यसअघि भने म्युजियमले भर्चुअल रुपमा यस्तो प्रदर्शनी गरेको थियो। हाल हुने प्रदर्शनीमा विश्वभरबाट २८ मुलुकका कलाकारहरूले सहभागिता जनाएका छन्।