काठमाडौं । नेपालमा बैंकिङ्ग कसूरका मुद्दा ह्वात्तै बढेका छन्। विशेषत गरि पछिल्लो अवस्थामा चेक बाउन्सका मुद्दा धेरै बढेका हुन् । नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्क अनुसार बैंकिङ्ग कसूर अन्तर्गत उजुरी गर्नेको संख्या पनि बढाएको छ । ९ महिनामा साढे ८ हजार बढी चेक बाउन्स भएको छ । यो समयमा देखिएको आर्थिक संकटका कारण चेक बाउन्स बढेको प्रहरीले बताएको छ।
तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७९,८० को ९ महिनामा मात्रै चेक बाउन्सको ८ हजार ६९१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रहरीका अनुसार चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १७ अर्ब १० करोड ८३ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको छ । गत आवमा चेक बाउन्सको ५ हजार ३७० वटा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार गत आवमा कुल ६ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको थियो ।
सो बराबरको चेक बाउन्स मुद्दामा १ हजार १८० जना पुरुष र १७९ जना महिना स्वदेशी ७९ जना विदेशी नागरिक पक्रा परेका छन् । चेकबाट हुने कारोबार बढेसंगै यस्तो मुद्दा बढेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार चेक काटिएको बैंक खातामा रकम पर्याप्त छैन भनि चेक नसाटिदाँ यस्तो मुद्दा तिव्र रुपमा बढेको हो । प्रहरीका अनुसार चेक बाउन्समा विदेशी नागरिक समेत पक्राउ परेका छन् ।
चालु आवको नौं महिनामा ४ जना विदेशी नागरिक चेक बाउन्सको मुद्दामा पक्राउ परेका हुन् । सो अवधिमा नेपाली १ हजार १८९ जना पुरुष र ३१९ जना महिला पक्राउ गरेका छन् । व्यवसायिक कारोबारको क्रममा लेनदेन व्यवहार मिलाउन तथा रकम ब्याजमा दिने वा सापटि दिएको रकमको सट्टामा चेक लिने दिने प्रचलन बढेको छ । तर, बैंक खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिने गरिन्छ । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ ।