Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनी प्रदेशले बजेटमाथि छलफल सुरु


लुम्बिनी प्रदेशले बजेटमाथि छलफल सुरु

काठमाडौं, १७ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आज आइतबार प्रदेशसभाको बैठक बस्दै छ । यधपि बजेटबारे प्रमुख प्रतिपक्षी दल एमाले विरोध कायमै छ । सत्तापक्षीय सांसद समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्ने र बजेट बारेको छलफल हुनेमा भने आशंका छ । असार १ गते अर्र्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि छलफल सुरु भएको छैन । असार १० गते बजेटमाथि छलफल गर्ने गरी आव्हान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो । त्यसपछि असार १३ गते बैठक बसेको थियो । बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नीति र सिद्धान्तविपरीत भएको भन्दै विरोध गरेपछि प्रदेशसभामा बजेटले प्रवेश नै पाएको छैन ।

विपक्षी दल एमालेले मुख्यमन्त्री कार्यालयमा शीर्षक नखुलाई एकमुष्ठ दुई अर्ब बजेट छुट्याएको, प्रदेश बिना कारण निर्देशनालयहरू खारेज गरेको, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौती गरेको र आफू अनुकूलका मात्रै बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै त्यसको कारण माग गरेको छ । अवरोधका कारण स्थगित भएको बैठक आज आइतबार बोलाइएको हो । सभामुख तुलाराम घर्तीमगरले राप्ती उपत्याका दाङमा दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको बताए । त्यसका लागि बिहान ११ बजे कार्यपरामर्श समितिको बैठक बसेर प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने तयारी छ ।