काठमाडौँ — भारतले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको संयूक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल भारत दीर्घकालीन सम्झौता मार्फत् १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने सहमति भएको बताएका छन् ।