Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने


सरकारले सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

२७ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको उनले बताईन् ।

उनको निधनपछि आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले प्रधानमन्त्री प्रचण्ड, उनको परिवार र शुभेच्छुकप्रति सरकारका तर्फबाट समवेदना पनि व्यक्त गरेको छ ।

सीताको ६९ वर्षको उमेरमा आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु नर्भिक अस्पतालमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।