Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारी कर्मचारीलाई साइबर सुरक्षासम्बन्धी एड्भाइजरी जारी, के छ ? (पूर्णपाठ)


सरकारी कर्मचारीलाई साइबर सुरक्षासम्बन्धी एड्भाइजरी जारी, के छ ? (पूर्णपाठ)

काठमाडौँ । साइबर सुरक्षा प्रवर्द्धनका लागि सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल नगर्न सुझाव दिएको छ । केन्द्रले जारी गरेको साइबर सुरक्षासम्बन्धी एड्भाइजरीमा कर्मचारीहरूलाई कार्यालयका डिभाइसमा गेम इन्स्टल नगर्न र नखेल्न भनिएको हो ।

सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताका लागि जारी गरिएको एड्भाइजरीको खण्ड ‘घ’ को बुँदा नम्बर ९ मा भनिएको छ, ‘कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल गर्न वा खेल्न नखोज्ने ।’ कतिपय कर्मचारीले कार्यालयहरूका कम्प्युटर र मोबाइलमै तास, लुँडोजस्ता खेल खेल्ने गरेको बेलाबेलामा गुनासो सुनिने गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय कास्की, कोशी प्रदेशको भद्रपुर नगरपालिका लगायतले पनि कार्यालय समयमा कम्प्युटरमा खेल खेल्ने, गीत बजाउने, अनधिकृत वेबसाइटहरू प्रयोग नगर्न आचरण तथा अनुशासनसम्बन्धी सुझाव जारी गरेका थिए ।

साइबर सुरक्षा केन्द्रको एड्भाइजरीमा पाइरेटेड फिल्म, गीत, ई—बुक्स, सफ्टवेयर आदि डाउनलोड नगर्न पनि भनिएको छ । सरकारी सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन अपनाउनुपर्ने सावधानीको लामो सूची केन्द्रले तयार पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यायलकै प्रणालीहरू इमेल फिसिङ आक्रमणदेखि सरकारको केन्द्रीय डेटा सेन्टरमा डीडसजस्ता साइबर आक्रमणका घटना हुने गरेकोमा यसलाई न्यूनिकरण गर्न केन्द्रले कार्यालका डिभाइस चलाउँदा कर्मचारीहरूले गर्न हुने र नहुने विषयको सूची तयार पारेको हो ।

साइबर आक्रमण र ह्याकिङका घटना प्राविधिक विषय मात्रै भएर कर्मचारीको डिजिटल साक्षरतासँग पनि जोडिएका कुरा भएकाले गर्न हुने र नहुने विषयमा स्पष्टता ल्याउन सहज गर्ने गरी एड्भाजरी जारी गरेको केन्द्रले जनाएको छ ।