Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दार्चुला सदरमुकामको खलंगामा एनटी फाइबर सेवा विस्तार


दार्चुला सदरमुकामको खलंगामा एनटी फाइबर सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको दार्चुला सदरमुकामको खलंगामा एनटी फाइबर सेवा सुरु गर्ने भएको छ । आइतबार ग्राहकहरूलाई सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको सुरुआत गरिएको हो । सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाको सदरमुकाममा यसअघि नै एनटी फाइबर सेवा पगेको थियो ।

एनटी फाइबरबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा प्रयोग गर्न सकिने दार्चुलाका टेलिकम  प्रमुख कृष्णबहादुर गुरुङले बताएका छन् । टेलिकमका अनुसार फाइबर टु दि होम सेवा नेपालमा हालसम्म उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको हो ।

एनटी फाइबरबाट तीनवटै सेवासहित मोबाइलमा डेटा पनि लिन सकिने उनले जानकारी दिए । टेलिकमको एनटी फाइबर सेवा दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार र गोकुलेश्वर बजार क्षेत्रमा विस्तार गरिएको हो ।