Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकहरुमा कुनै समस्या छैन्ः अर्थमन्त्री विष्णु पौडेल


बैंकहरुमा कुनै समस्या छैन्ः अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैंकहरु डुब्ने खतरा बढेको भन्ने विषय गलत भएको बताएका छन् । उनले बैंकको लगानीमा सुधार भइरहेको भन्दै बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको बताए ।

आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले बैंकको कर्जा प्रवाह बढिरहेको र निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भैरहेको बताए ।

उनले यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुदैन भने । उनले बैंक र अर्थतन्त्र डुब्दैनन । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुदैन । उनले सरकारमा आउँदा ओरालो लागिरहेको अर्थतन्त्रलाई सुधार गरिरहेको दावी गरे ।