Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँ बढ्यो


बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँ बढ्यो

काठमाडौं, १२ असार । बैशाख यता बैंक तथा वित्तिय संस्थाको निक्षेप ८५ अर्ब रुपैयाँले बढेको छ । चैत मसान्तसम्म ५४ खर्ब ८५ अर्ब निक्षेप रहेकोमा बैशाखमा १० अर्बले बढेर बैशाख मसान्तसम्म ५४ खर्ब ९५ अर्ब पुगेको थियो । जेठ यता मात्र ७५ अर्बले निक्षेप बढी सकेको छ । असार ९ गतेसम्म बैंक तथा वित्तिय संस्थाको निक्षेप ५५ खर्ब ७० अर्ब पुगिसकेको छ । यद्यपि यो अवधिमा बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको कर्जा भने लगभग शुन्यको अवस्थामा देखिएको छ । बरु बैशाख यता ३२ अर्बले कर्जा प्रवाह घटेको छ ।

चैत मसान्तसम्म ४८ खर्ब ८९ अर्ब रहेको कर्जा प्रवाह बैशाख मसान्तमा आइपुग्दा १० अर्बले कर्जा लगानी घटेर ४८ खर्ब ७९ अर्ब रहेको देखिन्छ । त्यसपछि असार ९ गतेसम्म आइपुग्दा कर्जा लगानी ४८ खर्ब ५७ अर्बमा सिमित रहेको केन्द्रिय बैंकको तथ्यांक छ । बैंक तथा वित्तिय संस्थाले कर्जाको ब्याजदर उच्च लिएकै कारण कर्जा प्रवाहमा कमी आएको हो । उद्योगी व्यवसायीले बढी ब्याजदर तिरेर कर्जा लिन नसक्ने बताउँदै आएका थिए । यद्यपि पछिल्लो समय कर्जाको ब्याजदरमा समेत केही कमी आएको छ । अहिले बैंकिङ सिस्टममा अत्यधिक तरलता (लगानी योग्य रकम) हुँदा केन्द्रिय बैंकले दुई पटक बजारबाट तरलता तानिसकेको छ । पैसा बढी भएपछि बैकहरुले एक आपसमा गर्ने कारोबारको (अन्तर बैंक)ब्याजदर पनि ७ प्रतिशतबाट २.६५ प्रतिशतमा झरिसकेको छ ।