काठमाडौं, श्रावण १२ । ऐतिहासिक उचाइ अंक नजिक पुगेको सुनको भाउ आज ९०० ले घटेको छ । चाँदीको भाउ पनि यस दिन प्रतितोला ४० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा झरेको छ ।
बिहीबार भने सुनको भाउ महंगो भएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले बढ्दा प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ पुगेको थियो । साताको अन्तिम दिन, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले ओरालो लागेको छ ।
आज चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बिहीबार भने सुन प्रतितोला २५ रुपैयाँले सस्तिएर एक हजार ४९० रुपैयाँमा किनबेच भएको थियो ।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                    