Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मेन्छियाम हाइड्रोपावरको आइपिओ सूचीकृत


मेन्छियाम हाइड्रोपावरको आइपिओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा मेन्छियाम हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता आइपीओ सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूलाई वितरण गरेको वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरू समेत लाई निष्कासन गरेको १६ लाख २७ हजार ७५० कित्ता सेयर र संस्थापकहरूले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता सेयर गरी उक्त आइपीओ नेप्सेमा सूचीकृत गराएको हो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको न्यूनतम ७७ रुपैयाँ ४५ पैसा देखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ रेन्ज तोकेको छ। सो रेन्जमा रहेर आइतबार देखि कम्पनीको सेयर कारोबार खुला हुने भएको छ। नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको हुने गरि रेन्ज तोक्ने गर्छ। कम्पनीको एमसीएचएलु संकेतमा सेयर कारोबार खुला हुनेछ। त्यस्तै, सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा एनआइसी एशिया क्यापिटल बबरमहलबाट हुने समेत कम्पनीले बताएको छ।