Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार परिसूचक दिन प्रतिदिन गिरावट


सेयर बजार परिसूचक  दिन प्रतिदिन गिरावट

काठमाडौं । सेयर बजार परिसूचक २०५० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा १४.०५ अंकले घटेर नेप्से २०५० अंकमा अडिएको हो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चिएको छ ।

४५ कम्पनीको मात्रै मूल्य बढ्दा १७८ को घट्यो भने २ को स्थिर रह्यो । जसमध्ये बैंकिङ १०, विकास बैंक ५२, फाइनान्स २८, जलविद्युत् ४१, माइक्रोफाइनान्स ४० र अन्य ७ अंक घटे । होटल तथा पर्यटन २३९, जीवन बीमा ११ र उत्पादन उपसमूह १५ र व्यापार उपसमूह २ अंक बढे । सिटी होटलको १० प्रतिशत तथा सोल्टी होटलको ७ प्रतिशत मूल्य बढ्यो ।

बीपीडब्लू लघुवित्त र इङवा हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो । ग्रिनभेन्चरको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहेको छन् ।