Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्काई वाक सञ्चालनमा ल्याएको एक महिना पूरा, पर्यटक आकर्षण गर्न सफल


स्काई वाक सञ्चालनमा ल्याएको एक महिना पूरा, पर्यटक आकर्षण गर्न सफल

काठमाडौं, श्रावण २१ । वोन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काई वाकले एक महिना पूरा भएको छ । पाँच वर्षदेखिको प्रयासपछि सञ्चालनमा आएको स्काई वाकले छोटो अवधिमै स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षण बन्न सफल भएको कम्पनीले बताएको छ ।

असार १५ बाट सञ्चालनमा आएको स्काई वाक काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति, नागरिक उड्डयन प्राधिकरणबाट उचाइ अनुमति, काठमाडौं महानगरपालिकाबाट नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन अनुमति, पर्यटन विभागबाट सञ्चालन इजाजतपत्रसमेत प्राप्त गरेको कम्पनीले बताएको छ ।