काठमाडौं । खाने तेल भटमास, पाम र सुर्यमुखी को निर्यात निरन्तर दिन प्रतिदिन घट्दो छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने भटमास, पाम र सूर्यमुखी तेलको निकासी पछिल्लो घटीरहेको छ । नेपालबाट निर्यात हुनेको वस्तुको पहिलो स्थानमा पाम तेल पर्छ, यसको कुल वस्तु निर्यातको १३.६० प्रतिशत हिस्सा ओगटेको छ । भटमास तेलको ५.९० प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव तीन प्रतिशत रहेको छ ।
तर, यस्ता तेलको निर्यात घट्दै गएको छ ।समिक्षा अवधिमा पामको तेलको निर्यात उच्च गिरावट आएको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार ११ महिनामा पाम तेलको निकासी ५० प्रतिशतले घटेको हो । गत आवको जेठ मसान्तसम्ममा ३९ अर्ब ११ करोड २७ लाख रुपैयाँ बराबरको पाम तेला निर्यात भएको थियो । तर,चालू आवको समिक्षा अवधिमा भने यस्तो तेलको निकासी आधाले घटेको हो ।
चालू आवको जेठ मसान्तसम्ममा १९ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ । समिक्षा अवधिमा भटमास तेलको निकासीमा पनि ८१.८० प्रतिशतको गिरावट देखिएको छ । गत आवको जेठ महिनासम्ममा नेपालबाट ४६ अर्ब ५८ करोड ७० लाख रुपैयाँ बराबरको भटमास तेल बाहिरिएको थियो । तर, चालू आवको सोही अवधिमा आईपुग्दा भने घटेर ८ अर्ब ४७ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ ।
एक व्यवसायीले भने ।भारत सरकारले खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ । आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो । भारतले पाम तेलमा भन्सार महसुल घटाएपछि निर्यातमा उरच्च गिरावट आएको विज्ञहरु बताएका छन् ।