Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मंगलबार सुनको मूल्य १७ सयले घट्यो


मंगलबार सुनको मूल्य १७ सयले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

चैत २१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार पहिलो कारोबार हुँदा भने १७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

महासंघका अनुसार एक वर्ष (२०८० चैत ३० देखि २०८१ चैत २१) अवधिमा ४७ हजार रुपैयाँ मूल्य बढेको थियो । यसैबिच चाँदीको मूल्य पनि घटेको छ । चैत ३१ मा तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।