काठमाडौ । यस साता पनि नेप्सेमा हरियाली दोहोरिएको छ । आईतबार १९४१.५२ को बिन्दुमा खुलेको नेप्से १०२.४६(५.२८ प्रतिशत)ले बढ्दा साताको अन्तिम कारोबारका दिन बिहिबारसम्म सूचक २०४२.६७ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ ।
यो साता नेप्सेले मिडल ब्याण्डको एरियालाई ब्रेकआउट दिएर ब्याण्डमाथि नै क्लोजिङ्ग दिएको हो ।
एमएसिडि लाईन यस साता –३५.६५ बाट बढेर –२३.०१ मा आएको छ भने हिस्टोग्राम यो साता बढेर १.०३ बाट १०.९३ मा पुगेको छ जसले बजारमा बिक्रि चाप यस साता घटेको देखिन्छ । जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर –३३.९५ मा आएको छ । त्यस्तै,+१४ डिएमआई लाईन अहिले २६.४२ मा रहेको छ भने –१४ डिएमआई लाईन १८.७९ मा रहेको छ । ए.डी.एक्स भने १२.५७ मा रहेको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ निकै कम भएको जनाउछ । आरएसआइ ४८.८३ बाट बढेर ५५.६६मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढेको देखिन्छ ।
बजारमा अर्को सपोर्ट बोलिंगेरको मिडल ब्याण्ड करिब १९६५ को एरियामा देखिन्छ भने अबको प्रतिरोध बोलिङ्गेरको अप्पर ब्याण्ड २१५० मा रहने देखिन्छ ।