काठमाडौं । आज मंगलबार नेप्से बजार ३.८५ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९ को नजिक आएको छ। १५.५६ अङ्कले बढेर नेप्से परिसूचक १९१७.५५ मा आएको हो। आज २ घण्टामा लगभग ६६ करोड ७५ लाख कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो ।
यस्तै, आजको टप गेनरमा सोल्टी होटेल रहेको छ जसको ७.८४% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ ।