Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शिक्षामन्त्री र शिक्षकहरूबिच दिउँसो वार्ता हुँदै


शिक्षामन्त्री र शिक्षकहरूबिच दिउँसो वार्ता हुँदै

काठमाडौं । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिच दिउँसो वार्ता हुँदैछ। दिउँसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो। हिजो रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो ।

सो वार्तालाई अन्तिम रूप दिन आज दिउँसो वार्तामा बस्न लागेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए। हिजोको वार्ता सकारात्मक भएको र आज दिउसो पुनः छलफल गरिने उनको भनाइ छ। त्यसका लागि महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको   थियो । ती मागहरू नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने छ। 

ती मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ।