Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सदनमा मन्त्रीहरुको उपस्थिती नभएको भन्दै प्रमुख प्रतिपक्षीको अबरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित


सदनमा मन्त्रीहरुको उपस्थिती नभएको भन्दै प्रमुख प्रतिपक्षीको अबरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने वित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सदनलाई हेपिरहेको बताए । उनले भने, ‘सरकारले सदनलाई हेपिरहेको छ । जनप्रतिनिधिहरूको संस्थालाई हेपिरहेको छ ।

समिति र उपसमितिका बैठकमा विपक्षीहरू उपस्थित भएपनि सरकारका प्रतिनिधि उपस्थित भएका थिएनन् । आज त सदनमै सरकारका प्रतिनिधि देखिएनन् ।’ उनले सरकारका प्रतिनिधि नभई नियमावलीमा भएको व्यवस्थाअनुसार बैठक बस्न नसक्ने बताएका थिए ।