काठमाडौँ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रति तोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएकामा बिहीबार १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                        .jpg) 
                     
                     
                     
                     
                    