Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विश्वको सबैभन्दा ठूलो फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना


विश्वको सबैभन्दा ठूलो फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना

काठमाडौं, २६ असार । चिनियाँ सरकारले फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना लगाएको छ ।

चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक अध्यक्ष ज्याक माको एन्ट र यसका सहायक कम्पनीमाथि चिनियाँ सरकारले करिब १ अर्ब डलर जरिवाना लगाएको हो ।

योसँगै चीन सरकारले कम्पनीलाई यसको क्राउड फन्डिङ प्लेटफर्म सियाङहुबाओ बन्द गर्न आदेश समेत दिएको छ । चिनियाँ अधिकारीहरुले अब टेक कम्पनीहरुमाथिको नियन्त्रणमा छुट दिने तयारी गरिरहेको बताएका छन्। सन् २०२० मा चिनियाँ सरकारले एन्ट ग्रुपमाथि कारबाही सुरु गरेको थियो । जसमा यसको सहायक कम्पनी अलिबाबालाई २.८ अर्ब डलरको एन्टी–ट्रस्ट जरिवाना लगाइएको थियो ।

विश्वको सबैभन्दा ठूलो फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट २०१४ मा स्थापित भएको थियो । चिनियाँ नियामकले नोभेम्बर २०२० मा एन्टको आईपीओलाई रोकेको थियो । यो विश्वको सबैभन्दा ठूलो आईपीओ थियो । हङकङ र सांघाई बजारका लगानीकर्ताबाट करिब ३४ अर्ब डलर जुटाएको थियो ।

एन्ट ग्रुपका संस्थापक ज्याक माले २०२० मा चिनियाँ नियामकहरुको आलोचना गरेका थिए । त्यसयता चीन सरकारले उनका कम्पनीविरुद्ध कारबाही गरिरहेको छ । यसबीच ज्याक मा लामो समयसम्म गायब भएका थिए ।
चिनियाँ सरकारको आलोचना गर्दा यसअघि पनि धेरै व्यापारी बेपत्ता भएका थिए ।