Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमडिएमएस लागू भएपछि मोबाइलको मूल्य नबढ्ने


एमडिएमएस लागू भएपछि मोबाइलको मूल्य नबढ्ने

काठमाडौं । मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएपछि मोबाइल फोनको मुल्य नबढ्ने बताएका छन ।आइतबार एमडिएमएसको बिषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन । व्यवसायीले उक्त कार्यक्रममा एमडिएमएस लागू भएपछि राज्यले बार्षिक ४अर्ब रूपैयाँ बढाउने बताएका छन् ।

यो सिस्टम कार्यान्वयनमा आएसँगै बजारमा मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको भन्दै मोबाईल आयातकर्ता संघ नेपालका अध्यक्ष दिपक मल्होत्राले सजग रहनुपर्ने बताए ।अवैध मनेबाइल आयातले जेन्युन मोबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएको समेत बताए ।

अब भने अवैध मोबाइलको आयात घट्ने बताएका छन् । त्यस्तै चोरि भएका फोन सजिलै खोज्न सकिने व्यवसायीले बताएको छ । जेठ १ गतेपछि एमडिएमएसका कारण व्यवसाय तङग्रिन लागेको मल्होत्राले बताएका छन्  ।