Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीको ऋण चुक्ता गर्न कीर्तिपुर नगरपालिकाको निर्देशन,अन्यथा कठोर कारवाही गरिने[विज्ञप्ती सहित]


सहकारीको ऋण चुक्ता गर्न कीर्तिपुर नगरपालिकाको निर्देशन,अन्यथा कठोर कारवाही गरिने[विज्ञप्ती सहित]

२८ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाले आफ्नो नगरभित्र रहेका सहकारीका ऋणी सदस्यहरुलाई ऋण चुक्ता गर्न निर्देशन दिएको छ । सहकारी संस्थाहरुबाट ऋण लिई निर्धारित समय भित्रै सोको साँवा ब्याज चुक्ता गर्न पटक–पटक ताकेता गर्दा समेत ऋण चुक्ता नगरेका कारण सहकारी संस्थाहरुमा सदस्यको बचत फिर्ता गर्न समस्या परेकाले ऋण असुलीमा सहजीकरण गर्न विभिन्न संघ संस्थाहरुबाट अनुरोध आएकोमा नगरपालिकाले सूचना प्रकाशित गर्दै ऋण चुक्ता गर्न अनुरोध गरेको हो ।

‘सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋृण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तिय अराजकतापूर्ण भनाई तथा ब्यवहारहरु यदाकदा देखिएका छन् । कोहि कसैले आफुले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेको भएमा त्यो आफैंका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न कीर्तिपुर नगरपालिकाबाट हदै सम्म कठोर कानुनी कारवाही गरिने कुरामा स्पष्ट पार्न चाहन्छ । यसर्थ कीर्तिपुर नगरपालिकाको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज, किस्ता भुक्तानीका लागि कीर्तिपुर न.पा. हार्दिक अनुरोध गर्दछ ।’, सूचनामा उल्लेख छ ।

नगरपालिकाले निर्देशन विपरित कार्य गरेमा कीर्तिपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ५८, ६२ र ६१ तथा सहकारी नियमावली, २०७५ बमोजिम धितो रोक्का रहेको भए त्यस जायजेथाबाट र धितो रोक्का नभए रोक्का गरि असुलीका लागि प्रकृया अगाडि बढाउनुका साथै तोकिए ब्मोजिम कीर्तिपुर नगरपालिकाद्वारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने व्यहोरा समेत जनाएको छ ।